Techie IT
बुधबार, वैशाख १०,२०८२

गठबन्धन: सिट बाँडफाँड कार्यदलको पहिलो बैठक बस्दै


काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी निर्वाचनको लागि सिट बाँडफाँडको लागि गठन गरेको कार्यदलको बैठक बस्दै छ । प्रतिनिधि र प्रदेश सभाको आगामी मंसिर ४ हुने निर्वाचनको लागि सिट बाँडफाँट गर्न उक्त कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

गठबन्धनको बैठकले साउन २० गतेसिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा भने नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

 

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सत्तारुढ पाँचदलीय गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:29 am6:34 pm +0545