सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको बताउनुभएको छ । आईतबार आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा सम्बोधन गर्दै ओलीले डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहे पनि डुब्ने दाबी गर्नुभयो ।
ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताउनुभयो । ‘उनीहरुको नसिवमै गठबन्धन लेखेको छ । डुब्तेको सिन्केका सहारा भनेको जस्तै उनीहरुलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरु एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरु सबै डुब्छन् ।’
ओलीले गठबन्धनका दलहरुमा एकअर्काप्रति अविश्वास रहेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘बिहान भन्छन्– हामीलाई हेप्यो, यस्तै चाल हो भने अर्को मोर्चा बनाउँछौं । दिउँसो अलिकति डराउँछन् । होइन, यो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् । बेलुकातिर यो गठबन्धन चुनावपछिसम्मै कायम राख्नुपर्छ भन्छन् । राति सुत्छन् । छटपटी हुन्छ । के गरेर जोगिने होला भनेर सोच्न थाल्छन् । अनि बिहान उठेर फेरि धम्क्याउँछन् ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत: केपी ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्