नेपाली काङ्ग्रेस वीपीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न

काठमाडौं । नेपाली काङ्ग्रेस वीपीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकपछि पार्टीको एजेण्डा सुनाउदैँ प्रवक्ता शिव सिङ्खडाले निर्वाचन परिचालन कमिटिहरु केन्द्रिय र जिल्ला स्तरमा गठन गरेर निर्वाचनको लागि दल दर्ता गर्ने बताए । उनले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए ।
हाम्रो मुख्य एजेण्डा भनेको नेपाल सरकार र निर्वाचन आयोग मार्फत मंसिर ४ गते हुन गएको प्रतिनिधिसभाको चुनाव र प्रदेश सभाको चुनावमा हाम्रो पार्टीले सम्पूर्ण क्षेत्रमा प्रतिस्पर्धा गरेर जाने विषयमा निर्णय गर्छौ ।
उनले विगतमा ठूला दलहरुले आचारसंहिता पालना नगरेको भन्दै आगामी निर्वाचनमा आचारसंहितामा पालना गर्न आयोग र सरोकारवाला निकायहरुले प्रतिबद्धता जनाउनुपर्ने बताए ।
उनले निर्वाचनलाई निष्पक्ष बनाउन आयोग र नेपाल सरकार आग्रह गर्ने बताउँदै अन्य राजनैतिक दलहरुबाट जनता दिक्क भएकाले आफूहरुले जित्ने विश्वास व्यक्त गरे ।
गठबन्धनको सरकार र परमादेशको सरकार सबैलाई जनताले हेरि सकेका छन् । यिनिहरुबाट राष्ट्रियता,संस्कृति, समाज कुनै ठाँउमा पनि जनजताको लागि केही काम नगरेको तर महङगी गर्ने परराष्ट्र नीतिमा हलचल र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न नागरिकता विधेयक सबैमा प्रश्न उठेको छ ।
उनले वीपी कोईरालाको सिद्धान्त, आदर्श र विचारलाई घरघरमा पु¥याउन अभियानमा चलाउने र त्यसमा जनताको साथ रहेको दाबी गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली काङ्ग्रेस वीपीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्