गठबन्धनले अमेरिका र चीनको लडाईंमा नेपाललाई मैदान बनाउँदैछ :योगेश भट्टराई

काभ्रे । नेकपा (एमाले) काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ ।
नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीद्वारा शनिबार जिल्लास्तरीय अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनका कारण मुलुकमा अस्थिरता र सङ्कट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठबन्धनलाई परास्त गरी मुलुकको समृद्धिको यात्रालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
‘गठबन्धन नेतृत्वको सरकार र दलहरू मुलुकमा अस्थिरता निम्त्याउँदै सद्भाव भड्काउन खोजिरहेका छन्,’ सचिव भट्टराईले भन्नुभयो–‘एमाले जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय छ ।
नेपालमा सद्भाव भड्काउन गठबन्धनको बलमा विदेशी शक्तिहरू समेत सक्रिय भएको नेता भट्टराईले बताउनुभयो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको लडाईंमा नेपालको भूमि मैदान बनाउन दिँदैछ’–सचिव भट्टराईले भन्नुभयो–‘असंलग्न राष्ट्रको सिद्धान्त विर्सेर नेपाललाई लडाईंको केन्द्र बनाउने गठबन्धन सरकारको योजना नेपाली जनताले आगामी मंसिरको निर्वाचनबाट परास्त गर्नुपर्छ ।
नेता भट्टराईले ३३ सिटमा झरेको, बुढानिलकण्ठमा ¥याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन्न प्रचण्ड र माधव नेपालले गरेको गलत क्रियाकलापको आफू साक्षी बस्न नसकेको बताउनुभयो ।
‘समाजवादमा जाने मुखले भन्दैमा सम्भव छैन, त्यसका लागि असल चालक आवश्यक छ, प्यासेन्जर बस्ने सिटमा बसेर समाजवादको यात्रा तय हुन सक्दैन’सचिव भट्टराईले भन्नुभयो–‘समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् । काँग्रेस र कम्युनिष्टको जाने बाटो फरक छ । फरक बाटो हिड्नेहरूसँग काँध मिलाएर प्रचण्ड र माधव नेपाल समाजवादको बाटोमा पुग्न सक्दैनन् ।
कार्यक्रममा जनताको बहुदलीय जनवादको मान्यता अनुरुप पार्टी संगठन निर्माणका सन्दर्भमा स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । बाग्मती प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराउनुभएको थियो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिति र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्लाका छसय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागी थिए । एमालेले भदौ १५ अगावै सबै संगठित सदस्यको सदस्यता नवीकरणको अभियान जारी राखेको छ भने सबै जनवर्गीय संगठन, गाउँ तथा नगर कमिटी र वडा कमिटीको बैठक तथा चुनावी तयारी गर्न परिपत्र गरिसकेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गठबन्धनले अमेरिका र चीनको लडाईंमा नेपाललाई मैदान बनाउँदैछ :योगेश भट्टराई, #योगेश भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्