Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेमै फर्किए माधव नेपालका विश्वासपात्र भोला पोखरेल


काठमाडौं। माधव नेपालको नेकपा एकीकृत समाजवादीका भोला पोखरेल एमालेमै फर्किएका छन् ।

पोखरेल आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमा फर्किएका हुन् ।

पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख व्यक्तिका साथै कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघको पनि नेतृत्वकर्ता हुन् ।

पोखरेल नेपालका विश्वासपात्रका रुपमा रहेका थिए ।

पोखरेलले माधव नेपालले योजनावद्ध रुपमा नेपाली कम्युनिष्ट आन्दोलनबिरुद्ध अभियान चलाउने योजना थाह भइसकेकोले अब कोही पनि इमान्दार कम्युनिष्ट कार्यकर्ता त्यता नरहने बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भोला पोखरेल, #माधव नेपालका विश्वासपात्र एमालेमै फर्किए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545