Techie IT
आईतबार, वैशाख ७,२०८२

पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य छैन : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसहित अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् ।

आज शुक्रबार एमालेले आयोजना गरेको एक कार्यशाला गोष्ठीमा ओलीले हरेक नेताहरूको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै शीर्ष नेताहरूप्रति यस्तो टिप्पणी गरेका हुन् । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने हो भने देश नै ध्वस्त बनाउने समेत बताएका छन् ।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545