राष्ट्रिय हितका विषयमा सरकार चुप लागेर बसेको छ: भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले सरकार राष्ट्रिय हितका विषयमा चुप लागेर बसेको आरोप लगाएका छन् । उनले हिन्दप्रशान्त महासागर क्षेत्रमा शाक्ति राष्ट्रहरुको प्रतिष्पर्धा चलिरहँदा पनि नेपाल सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरे । रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै रावलले शक्ति राष्ट्रहरुको द्वन्द्वमा नेपाललाई जान नदिने दृढता सरकारमा नभएको तर्क गरे ।
“हाम्रो राष्ट्रिय हित सम्बन्धि कुराहरुमा सरकार केही पनि बोल्दैन् । अहिले हामिले देखिराखेका छौं । हिन्दप्रशान्त महासागर क्षेत्रमा शाक्ति राष्ट्रहरुको निकै प्रतिस्पर्धा भईराखेकोे छ । ताईवानमा अमेरिकी संसदकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको छ । नेपालले आजसम्म आफ्नो असंग्लन परराष्ट्र नीति अनुरुप संयूक्त राष्ट्र संघमा त्यहाँको महासभामा पारित प्रतिवेदन अनुसार एक चिन नीति अपनाउँदै आएको छ । त्यहाँ त्यत्रो घटना घटिरहेको छ, सरकार केही पनि बोल्दैन् । नेपालको स्वतन्त्र असंग्लन परराष्ट्र नीति अनुरुप अगाडी बढ्ने शक्ति राष्ट्रहरुको कुनैपनि द्वन्द्वमा नेपाललाई जान नदिने त्यो दृढता यो सरकारमा छैन् ।
नेता रावलले वर्तमान सरकार देश र जनताप्रति संवेदनशील नभएको आरोप समेत लगाए । उनले प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु जसरी पनि निर्वाचन जित्ने र पदमा पुग्ने होडबाजीमा रहेको टिप्पणी गरे । उनले गठबन्धनका गतिबिधीहरुले पदमा पुगेर विदेशीको अगाडी लम्पसार भई देशको स्वाभिमानलाई झुकाउने देखाएको जिकिर गरे ।
“यो सरकार चुनावको घोषणा गर्ने दिन सरकारको लर्को लगाउँछ र नियुक्त गर्छ । यसले के देखाउँछ भने सरकार, जनता र देशप्रति संवेदनशील छैन् । र यसले जसरी पनि यसका गठबन्धनका नेताहरु, स्वयं प्रधानमन्त्री आउने निर्वाचन जसरी पनि जित्ने, फेरी पदमा जाने, फेरी व्यापक रुपमा हाम्रा देशका श्रोत–साधनहरुको राष्ट्रहित विपरीत दोहन गरिएको छ । विदेशीको अगाडी घुँडा टेकेर, लम्पसार भएर हाम्रो स्वाभिमानलाई झुकाईएको छ त्यही बाटोमा हिड्ने, अहिलेका यी गतिबिधीले त्यो नै देखाउँछ ।
रावलले वर्तमान सरकारलाई कुनै लाज–घिन नभएको टिप्पणी गरे । उनले देशको राजधानी नै फोहोरले ठाकिदा पनि सरकारले महानगरको काम भन्दै उम्किएको आरोप लगाए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #भीम रावल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्