Techie IT
मंगलबार, वैशाख ९,२०८२

सिके राउतले जसपाका अध्यक्ष यादवको क्षेत्रबाट निर्वाचन लड्ने


काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट निर्वाचन लड्ने भएका छन् ।

बिहीबार बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेका हुन् ।

यादवले २०७४ को निर्वाचन सप्तरी क्षेत्र नम्बर २ बाट जितेका थिए । अहिले पनि यादवको त्यही क्षेत्रबाट चुनाव लड्ने चाहना गरेका बताइएको छ ।

यद्यपि २०६४ सालदेखि यादवले सुनसरी, धुनषालगायत क्षेत्रमा निवावी मैदान परिवर्तन आइरहेका छन् ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढ्न थालेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सिके राउतले जसपाका अध्यक्ष यादवको क्षेत्रबाट निर्वाचन लड्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545