Techie IT
शनिबार, वैशाख ६,२०८२

काङ्ग्रेस महामन्त्री थापा र काठमाडौंका मेयर साहबीच भेटवार्ता


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

मेयर साहसँग हिजो बुधबार भएको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिएका छन् ।

भेटबारे ट्विटरमार्फत जानकारी दिँदै महामन्त्री थापाले साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको बताएका छन् ।

‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायत विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ थापाले ट्विट गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गगनकुमार थापा, #बालेन्द्र साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545