Techie IT
आईतबार, वैशाख ७,२०८२

पेरिसडाँडामा देउवाको फोटो राखे हुन्छ: एमाले नेता पौडेल


काठमाडौं । नेकपा एमालेका युवा नेता रमेश पौडेलले आफ्नो पार्टी आफ्नो बुतामा लड्न सक्षम रहेको बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पौडेलले उस्तै झन्डा, उस्तै विचार र उस्तै अनुहार लिएर वामपन्थीविरुद्ध लाग्नु घातक रहेको टिप्पणी गरे ।

उनले थपे, “प्रभुहरुको सेवा संगत गुनाको फल हो । माओवादी केन्द्रले एमालेसँग सहकार्य चाहेको हो भने कांग्रेसको कान्छीऔंला समाउन छाड्नुपर्छ ।”

साथै उनले आफ्नो मान्यता र बलिदानी सबै बिर्सेर एमालेलाई घेराबन्दी गर्नु भनेको मुलुक र राष्ट्रियतामाथि पनि घेराबन्दी भएको दाबी गरे । पौडेलले भने, “यस्तै गर्दै जाने हो भने पेरिसडाँडामा शेरबहादुर देउवाको फोटो राखे हुन्छ ।”


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #रमेश पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545