राजसंस्था पुनसंथापनाको माग गर्दै राप्रपा निकट युवा संगठनद्वारा प्रदर्शन

काठमाडौं । संघीयता खारेजी र राजसंस्था पुनसंथापनाको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट युवा संगठनले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठनका केन्द्रिय अध्यक्ष पनीराज लोहोनीले हिन्दु राष्ट्र कायम गर्दे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने बताएका छन् । उनले राजसंस्था स्थापना र संघीयता खारेज गर्नुपर्ने मागलाई दोहो¥याएका छन् ।
अध्यक्ष लोहोनीले देशमा बढेको भ्रष्टचार नियन्त्रण गर्न सक्ने राप्रपा मात्र भएको दावि गर्दै उनले गठबन्धनको नाममा राज्य संचालकहरुले मनपरि गरेको जनताले हेरेका छन् , यस्तै हो भने श्रीलंकाका शासकहरुको जस्तो हालत तिमिहरुको पनि हुने भन्दै चेतावनि दिएका छन् ।
बाईट १.भ्रष्टचारको अन्त राप्रपाले मात्र गर्न सक्छ अरु कुनै दलले हैन् । किनभने यिनिहरु राज्य सत्ताको लागी गठबन्धनको नाममा मनपरि गरिरहेका छन् । यस्तै हो भने श्रीलंकाको राष्ट्रपति अहिले कहाँ छन्,भाली तपाईहरु पनि यसैगरि देश छाडेर हिड्नुपर्ने अवस्था आउदै छ ।
नेपाली चेली बिहे गरेर उनिहरुको देशमा जाँदा प्रस्ताव गर्न ७ वर्ष लाग्ने उनिहरुका चेली नेपालमा आउने वित्तिकै नागरिकता दिनु पर्ने यो समानन्तर नभएको उनको भनाई छ ।
यो माग राख्दै राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर, माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन गरेको उनिहरुको भनाई छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राजसंस्था पुनसंथापनाको माग गर्दै राप्रपा निकट युवा संगठनद्वारा प्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्