अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन पूर्ण भएको छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन पुरा नभएको बताउनुभएको छ । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आज आयोजित समारोहमा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
कार्यक्रममा उहाँले भन्नुभयो, भ्रष्टाचारको केस लाग्या छ, छानबिन समितिमा आफ्नै बहुमत राख्या छ, छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल हटाएको छ । सिसिटिभीको फुटेज मेटाएको छ, रिभाइभ गर्दा देखिँदैन बुझिँदैन । अनि सफाइ पायो कि सफाइ पायो ।’
कहाँबाट सफाइ पायो ? कल डिटेल नलिएर, लिन नदिएर गठबन्धनवालाहरूले,’उहाँले भन्नुभयो ।
नेपाली जनताको नैतिकता र विवेकमाथि ठूलै हमला भएको पनि अध्यक्ष ओलीको टिप्पणी थियो। उहाँले भन्नुभयो, यत्रो विवादमा फसेको व्यक्ति फेरी मन्त्री बनाएको छ। यो गठबन्धनसँग अर्को मान्छे पनि रहेनछ । ’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्