Techie IT
मंगलबार, वैशाख ९,२०८२

महँगीविरुद्ध एमालेको वृहत् जनप्रदर्शन


काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।

जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत हुनेछ ।

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #वृहत् जनप्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545