Techie IT
मंगलबार, वैशाख ९,२०८२

आज मन्त्रिपरिषद बैठक बस्दै , निर्वाचनको मिति घोषणा गर्ने तयारी


मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले संघ र प्रदेश निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ ।

चुनावको तयारी र मिति घोषणाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले सत्ता साझेदार दलसँग परामर्श गरिरहेका छन् । सरकारले मितिका विषयमा निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको छ ।

आयोगका पदाधिकारीले गत असार २२ मै प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न सुझाव दिएका थिए । तर प्रधानमन्त्री देउवाले केही दिन तलमाथि हुन सक्ने भन्दै मंसिर ४ को प्रस्ताव गरेकामा आयोगले सहमति दिइसकेको छ । मंसिर ४ आउन अब १ सय १२ मात्रै बाँकी छ ।

आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिन समय चाहिने भन्दै आएको छ । सरकारले मिति तोक्न ढिलाइ गरेपछि आयोगले व्यवस्थापनमा समस्या पर्ने भन्दै कुन काम सक्न कति समय लाग्ने योजनासहितको विवरण पठाएर दबाब दिएको छ । आजको बैठकले मिति तोक्ने तयारी छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##मन्त्रिपरिषद् बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545