Techie IT
शनिबार, वैशाख ६,२०८२

पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ओलीको निर्देशन


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिनुभयो ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरू सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।रासस


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545