Techie IT
मंगलबार, वैशाख ९,२०८२

अर्थमन्त्रीमा जनार्दन दोहोरिने भएपछि माओवादी केन्द्रको महासचिवमा वर्षमानको नाममा सहमति


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पदाधिकारी टुँगो लगाउनेबारे छलफल अघि बढेको छ । आज विहान बसेको बैठकमा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने निर्णय पनि भएको छ । सो बैठकको निर्णय लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटिसकेका छन् ।

बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपमा शर्माले पदबाट राजीनामा दिएका थिए । तर, उनीमािथ छानबिन गर्न बनेको समितिले आरोप पुष्टि हुने आधार नभेटेको भन्दै चोख्याएपछि शर्मा पूनः अर्थमन्त्रालयको बागगोर सम्हाल्नेगरि आजै मन्त्री हुने निश्चित् भएको छ । उता, माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बन्दै आएको थियो ।

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेपछि अध्यक्ष दाहालले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेका थिएनन् । तर, महासचिवका दाबेदार शर्मा र पुनलाई सँगै राखेर गरेको छलफलमा दुवै नेताले अध्यक्षले जसलाई चयन गरेपनि मान्य हुने भन्दै पदाधिकारी चयनको लागि बाटो खोलिदिएका थिए ।

हिले धेरै विवादका कारण पनि अर्थमन्त्रालयमा शर्मालाई नै पठाउन दाहाल तयार भएका छन् । उनले शर्मालाई अर्थमन्त्रालयमा पठाउने र महासचिवको जिम्मेवारी भने पुनलाई दिने तयारी गरेका छन् । माओवादीमा शर्मा र पुनको मात्रै संगठनमा जबरजस्त पकडक रहेको चर्चा छ । वर्षमानले पनि पछिल्लो समय जनार्दन शर्माको खुलेर बचाउ गर्ने गरेका थिए । उनले छानबिन समितिको प्रतिवेदन आएपछि पनि शर्मा अर्थमन्त्रालयको नेतृत्वमा फर्कनसक्ने खुलासा गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #जनार्दन अर्थमन्त्रीमा दोहोरिने भएपछि माओवादी केन्द्रको महासचिवमा वर्षमानको नाममा सहमति, #वर्षमान पुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545