Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाली कांग्रेस खाडादेवी गाउँपालिका सभापतिसहितको समूह एमालेमा प्रवेश


काठमाडौं । नेपाली कांग्रेसका गाउँपालिका सभापति नै नेकपा एमालेमा प्रवेश गरेका छन् । रामेछापको खाडादेवी गाउँपालिका कार्य समितिका सभापति तेज घिसिङसहित ७९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा नेतृत्वको मनोमानी र घात अन्तर्घातका कारण पार्टी सदस्यहरुमा चरम निराशा छाएको र पार्टीमा डन र धनको महत्व बढेकाले आफूहरु एमालेमा प्रवेश गरेको घिसिङले बताएका छन् ।

शनिबार युवा संघको केन्द्रीय समिति बैठकका क्रममा नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545