पश्चगामीका गोटीहरू कम्युनिष्ट हुनै सक्दैनन्ः अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले शुक्रबार विर्तामोडमा जिल्लास्तरीय वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका कारण सङ्घर्षलाई थप सशक्त बनाउनुपर्ने बताउनुभयो ।
राणा शासन विरुद्धको आन्दोलनदेखि नेपाली कम्युनिष्टहरूले अग्रमोर्चामा आफुलाई उभ्याउँदै आएको चर्चा गर्दै अध्यक्ष ओलीले आफुलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति बताउने काँग्रेसले जनताको पक्षमा लड्दै आएका कम्युनिष्टहरूका विरुद्ध पटक पटक दमनको नीति लिएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार र मूल प्रवाह नेकपा (एमाले) भएको र कम्युनिष्टहरूकै विरुद्ध पश्चगामीहरूको गोटी बन्नेहरू कम्युनिष्ट हुनै नसक्ने उहाँले बताउनुभयो ।
राणा शासन विरुद्धको सङ्घर्षदेखि नै समाजवादी आन्दोलनको पक्षमा कम्युनिष्टहरू रहेको र त्यसको मूलधार नेकपा एमाले हो भन्दै अध्यक्ष ओलीले पञ्चायती व्यवस्था विरुद्ध पनि कम्युनिष्ट नेताहरूले नै नागरिकलाई गोलबद्ध गरेको बताउनुभयो । नेपाली काँग्रेसले एमालेलाई सधैं आफ्नो शत्रु देखे पनि एमालेले कहिल्यै पनि वर्गशत्रु किटान नगरेको बताउनुभयो ।
अध्यक्ष ओलीले एमाले नेपाली समाजको दिगो विकास, परिवर्तन र नागरिक अधिकारका लागि निरन्तर लड्दै आएको शक्ति हो भन्नुभयो ।
देशका विरुद्ध, लोकतन्त्रका विरुद्ध र एमालेका विरूद्ध विभिन्न समूहहरू लागिपरेको वताउँदै उहाँले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारले गरेका कामले धेरैलाई टाउको दुखाएको चर्चा गर्नुभयो ।
बहुदलीय व्यवस्था स्थापनापछि नेपाली काँग्रेसले सवैभन्दा लामो समय सरकारको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘काँग्रेसको नेतृत्वमा देशमा के–के काम भए, अहिलेको सरकार र प्रधानमन्त्रीले उत्तर दिन सक्नुपर्छ ।’
अध्यक्ष ओली स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बुधबार झापा आउनुभएको हो । झापा बसाईका क्रममा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तह दमक, कमल, गौरादह तथा गौरीगञ्जका अगुवा कार्यकर्तासँग अलग अलग भेट गर्नुभएको छ ।
यस्तै विभिन्न जनवर्गीय संगठन, उद्योगी व्यवसायी, धिमाल अगुवा लगायतसँग भेट गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्