Techie IT
मंगलबार, वैशाख ९,२०८२

परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सदस्यहरुले नेपालले आफ्नो परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरु ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र कुमार कार्की लगायतले अर्थ र परराष्ट्र नीतिमा नेपाल  प्रष्ट नभएका कारण विभिन्न समस्याहरू र उल्झनहरू आउने गरेको धारणा राख्नुभएको थियो ।

उहाँहरूले अझै पनि अपमान र असमान सन्धिमा नेपालीहरू झेलिएको भन्दै नेपालको परराष्ट्र नीतिमा सुधार र मौलिक नीतिमा परिवर्तन नल्याएसम्म नेपाल र नेपालीहरूले सधैँ दुख पाउने धारणा राख्नुभएको थियो ।

बैठकले भूतपूर्व सिंगापुर गोरखाहरूको मुद्दाका सम्बन्धमा परराष्ट्रमन्त्री र सम्बन्धित सरोकारवालालाई बोलाएर छलफल गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय समिति, #परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड, #प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545