प्रचण्डले ‘एसपीपी’ कार्यान्वयनका लागि अमेरिकालाई लेखे ‘गोप्य पत्र’

काठमाडौं। इन्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको सैन्य सहकार्य सम्बन्धी एसपीपी सम्झौता कार्यान्वयनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संयुक्त पत्र अमेरिकालाई पठाएको आशंका गरिएको छ।
अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई जसरी पत्र लेखिएको थियो सोही आधारमा पत्र लेखेको आशंका गरिएको हो। प्रतिनिधि सभाको संसदीय समितिमा सबैभन्दा बढी एसपीपी विषयमा विरोधमा उत्रिएको माओवादीका अध्यक्ष प्रचण्डले पत्र लेखेको हुन सक्ने उच्च स्रोतको दाबी छ।
अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु विहीबार साँझ काठमाडौं आउने पूर्वसन्ध्यामा उच्च स्रोतले भन्यो,‘प्रचण्डले अनेक सम्झौता गरेका हुन सक्छन्। पहिला एमसीसी विरोधमा कार्यकर्ता उतारे, पत्र लेखेको छैन भनी दाबी गरे। तर उनैले हस्ताक्षर गरेको भेटियो। एसपीपीका विषयमा पनि प्रचण्डले शेरबहादुर देउवासँग मिलेर पत्र लेखेको सार्वजनिक हुन सक्छ।’
नागरिकता सम्बन्धी विधयेकमा विवादीत विषयमा पनि संकोच नगरी पारित गराउने सहमति गरी नयाँ दिल्लीबाट फर्किनासाथ कार्यान्वयन गरेका प्रचण्डले सत्ता राजनीतिमा आफूलाई कायम राख्नका लागि एसपीपी सहकार्यका निम्ति पत्र लेखेको दाबी गरिएको छ।
‘अहिले समाजवादी केन्द्रका नाममा दक्षिणपन्थीको मोर्चाको तयारी भएको छ। यसबेला पार्टी फुटाउने या अन्य केही कामका लागि प्रायोजित अध्यादेश आएका छैनन्। यसमा प्रचण्डको भूमिकामाथि शंका सुविधा छ’, उच्च स्रोतले भन्यो,‘प्रचण्डले जुन हिसाबमा एमसीसीमा दोहोरो भूमिका खेले र माधव नेपाललगायतका नेतालाई खेलाए एसपीपीमा पनि सोही रणनीति अपनाएको दाबी गर्न सकिन्छ।’
प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा भएको एसपीपी सम्बद्ध सैनिक प्रमुखको बैठकमा भाग लिन गएको विषयमा माओवादीले प्रश्न उठाएको थियो। तर, सरकारको चाबी हातमा राखेको माओवादी सहभागी मन्त्रिपरिषदले उक्त बैठकमा भाग लिने अनुमतिको विरोध किन गरेन भन्ने प्रश्न स्वभाविक हुन्छ।
‘सरकारमा कांग्रेसभन्दा माओवादी हावी छ। तर, प्रधानसेनापतिको अस्ट्रेलिया बैठकका विषयमा उसैले प्रश्न उठाइरहेको छ। जसरी एमसीसीका विषयमा उसले उठाएको थियो। यसमा प्रचण्डको गोप्य चाल हुने अनुमान सहज गर्न सकिन्छ’, स्रोतको दाबी छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्