अनेरास्ववियुद्वारा नागरिकता विधेयकको विरोधमा प्रदर्शन

कैलाली । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटी र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीद्वारा संयुक्त रूपमा नागरिकता ऐन संशोधन विधेयकको विरोधमा प्रदर्शन गरिएको हो ।
मुख्यमन्त्री कार्यालय अघि राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूले गठबन्धनको सरकारले जनतालाई राहत दिनु भन्दा आहत दिएको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले राँके जुलुस र नाराबाजी समेत गरेका थिए ।
प्रदर्शन पछि कोण सभामा राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीका संयोजक अभिषेक नाथ (लोक) र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीका संयोजक नितिष जोशीले नेपाली जनताको लागि वर्तमान सरकारको विकल्प आवश्यक रहेको बताएका थिए ।
उनीहरूले नागरिकता ऐन संशोधन विधेयक संशोधन नभए सम्म आन्दोलन गर्ने पनि चेतावनी दिए ।
२२ साउन २०७५ मा प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थियो । जसलाई शुक्रवार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
अब राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानुनका रूपमा कार्यान्वयन हुनेछ ।
राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आयोजना गरेको विरोध कार्यक्रममा प्रतिनिधि सभाले पारित गरे पनि राष्ट्रिय सभाले पारित गर्न नहुने बताएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्