Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकार देशमा छ कि अन्त कतै: भीम रावल


काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकार देशमा छ कि अन्त कतै भनी प्रश्न गरेका छन् ।

रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेकोमा आपत्ति जनाउँदै सरकार कहाँ छ ? भन्दै प्रश्न गरेका हुन् ।

एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उनको भनाई छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे । त्यस्तै, उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545