त्रिवि परीक्षा लापरबाही सम्बन्धमा नयाँ छानबिन समिति गठन गर्न नेविसंघको माग
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय वि.वि.ए तर्फको गत असार २२ गते र २४ गते भएको परीक्षामा लापरवाही गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
नेविसंघले त्रिविले छानविनका लागि गठन गरेको समितिका संयोजकलाई स्वागत गर्दै व्यवस्थापन संकायको परीक्षा लापरबाही गर्ने व्यवस्थापन संकायकै प्राध्यापक भएको भन्दै छानविन समितिमाथि विश्वसनियताको प्रश्न उठ्ने पनि जनाएको छ ।
नेविसंघ उपत्यकाका व्यवस्थापन संकायका सम्पूर्ण क्याम्पसहरुले असार २७ गते विश्वबिद्यालय सुधार तथा कार्यकारीहरुको लापरबाहीबिरुद्ध गरिएको समेत जनाएको छ ।
विद्यार्थीहरुको गुनासोलाई मध्यनजर गर्दै व्यवस्थापन संकायमा गरिएको तालाबन्दी खोल्नसमेत ध्यानाकर्षण गराएको नेविसंघ नेता दिपक ओझाले बताए ।
नेपाल विद्यार्थी संघले केन्द्रीय वार्ता समिति बनाएर प्रतिनिधीहरु खटाएको छ । नेविसंघका नेताहरु दिपक ओझा, सन्तोष श्रेष्ठ, विवेक लामा, नविन पौडेल, सरोज तिमिल्सना र राजेश काफ्ले केन्द्रीय वार्ता टोलीमा छन् ।
नेपाल विद्यार्थी संघले जारी गरेको विज्ञप्ति
राष्ट्रियता लोकतन्त्र समाजवाद र विद्यार्थी एकताको मूल आदर्श बाट अनुप्राणित हुँदै गुणस्तरीय शिक्षा, सबल शिक्षा प्रणालीको तथा विद्यार्थीको हकहितको पक्षमा ने. वि. संघ उभिदै आएको कुरा सर्वविदितै छ । शिक्षा प्रणालीको महत्वपुर्ण अगं को रुपमा परीक्षा प्रणाली पर्दछ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले संचालन गर्ने हरेक परीक्षा मर्यादित र विश्वसनिय हुनुपर्छ भन्ने ने. वि. संघ उपत्यकाका व्यवस्थापन संकायका सम्पुर्ण क्याम्पसहरुको ठहर छ ।
त्रिभुवन विश्वविध्यालय द्वारा गठित छानविन समितिका संयोजकलाई ने.वि. संघ स्वागत गर्दै व्यवस्थापन संकायको परीक्षा लापरबाहीमा व्यवस्थापन संकायकै प्रध्यापक भएको कारणले त्यस छानविन समिति माथि विश्वसनियताको प्रश्न उठ्ने भएको कारणले नयाँ छानविन समिति गठन गरी अहिले सम्म व्यवस्थापन संकाय वि.वि.ए तर्फको मिति २०७९–०३–२२ गते र २४ गते भएको परीक्षा र विगतमा पनि पटक पटक परीक्षामा गैरजिम्मेवार, संकास्पद तथा लापरवाही पूर्ण कदम प्रति विश्वबिध्यालय माथी प्रश्न उठेको छ यस्तो लापरबाहीपूर्ण कार्यमा संलग्न सम्पूर्णलाई कारबाही गर्न ने.वि संघ जोडदार माग गर्दछ ।
ने.वि संघ उपत्यकाका व्यस्थापन संकायका सम्पूर्ण क्याम्पसहरु द्वारा मिति २०७९–०३–२७ गते लगाएको व्यस्थापन संकायमा भएको तालाबन्दी विश्वबिध्यालय सुधार तथा कार्यकारीहरुको लापरबाही बिरुद्द गरिएको हो । कुनै पनि विद्यार्थीहरुलाई समस्या पार्ने हेतु नरहेको पनि जानकारी गराउदछौ । विगत केही दिन देखी गरिएको ताला बन्दीले विद्यार्थीहरुमा पर्न गएको समस्याहरु (परीक्षा, थेसिस, ख्ष्खब) लाई अप्ठ्यारो पर्यो भनि नेपाल विद्यार्थी संघलाई गरेको गुनासोलाई मध्यनजर गर्दै व्यवस्थापन संकायमा गरिएको ताला बन्दी विद्यार्थीहरुको लागी सहजीकरण गर्ने हेतु सहित ताला खोली व्यवस्थापन संकायका पदाधिकारीहरुको कोठामा मात्र ताला बन्दी सहित विद्यार्थीको काम सहजीकरण गर्न ध्यानाकर्षण गरिन्छ ।
जय नेपाल
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #त्रिभुवन विश्वविद्यालय, #दिपक ओझा, #नेपाल विद्यार्थी संघ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्