Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रेस युनियन चुनावको मतगणना जारी: अध्यक्षमा शिव लम्साल अगाडि


हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना जारी छ । हेटौँडामा शनिबार शनिबार सम्पन्न निर्वाचनको मत गणना भइरहेको हो ।

अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन  इतर समूहबाट उम्मेदवार बन्नु भएका शिव लम्सालको अग्रता छ । लम्सालले ३ सय १६ मत प्राप्त गर्नु भएको छ भने संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिनु भएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालको अग्रता छ । अर्यालले ३४२ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा रामजी दाहालले २५० शेखर रेग्मी १८१ र भीष्मराज ओझाले २८० मत प्राप्त गर्नुभएको छ । यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय २९१ र मुरारी अधिकारीले २८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545