Techie IT
शनिबार, वैशाख ६,२०८२

पुष्पलाललाई माल्यार्पण गर्दै एमाले अध्यक्ष ओली ! (फोटोफिचर)


काठमाडौं । नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डल्लुस्थित पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले डडेल्धुराका भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको बताए ।

तत्कालीन मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा कांग्रेसले भिमदत्तको टाउको काटेकाले कांग्रेसले भिमदत्तलाई सहिद नमानेको ओलीको भनाइ छ ।

भिमदत्त र चिनियाँ काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी छ ।

 

ओलीसँगै माल्यार्पण गर्न नेताहरु ईश्वर पोख्रेल, बिष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, बिष्णु रिमाल, उपमेयर सुनिता डंगोल लगायत अन्य जनप्रतिनिधिहरु डल्लु पुगेका थिए ।

तस्वीरहरुः

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपाको संस्थापक महासचिव पुष्पलाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545