Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु


मकवानपुर । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ ।

निर्वाचन अधिकृत प्रवीण हुमागाईँका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको हाउ ।

७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९  रहेको निर्वाचन अधिकृत हुमागाईँले जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।

मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545