माधव नेपाल, प्रचण्ड, डा. भट्टराईसहित नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव

काठमाडौं। जनता समाजवादी पार्टीबाट हटाइएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाहेक छरिएका कम्युनिस्टको समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन्।
उच्च स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपालगायत स–साना कम्युनिस्ट पार्टीलाई छलफलमा ल्याएर नेकपा माओवादी केन्द्र र डा. भट्टराई पक्षको एउटा समाजवादी केन्द्रको प्रस्ताव अघि सारिएको हो।
प्रचण्ड र भट्टराईबीच बुधबार बिहान भेट भएको थियो। सो क्रममा गठबन्धनबाट डा. भट्टराई अलग नहुने धारणा मात्र प्रचण्डले सार्वजनिक गरेका थिए। स्रोतले भन्यो,‘छरिएर रहेका माओवादी एक हुनेगरीको प्रस्ताव भएको छ। यसमा नेकपा एकीकृत समाजवादी, बामदेव गौतमसम्मको सहभागीता रहन सक्ने कुरा पनि छ।’
तत्कालिन नेकपाको सचिवालयका बहुमत सदस्यबीच पनि बुधबार यहि विषयमा कुराकानी भएको थियो। सो छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठको सहभागीता रहेको थियो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #डा . बाबुराम भट्टराई, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्