गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता गर्ने तीन दलको निर्णय

काठमाडौँ । वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा मङ्गलवार भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्य उपस्थित थियौँ, आजको बैठकमा मुख्यतः निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको निर्णयका बारेमा छलफल भयो ।”
वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको उहाँले स्पष्ट पार्नुभयो । “तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।”
तत्कालीन नेकपा रहँदा आफूहरू एकै ठाउँमा भएको जनाउँदै उहाँले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताउनुभयो । “हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरूका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन ।”
बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । तत्कालीन नेकपामा उहाँहरू सचिवालय सदस्यका रूपमा रहनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्