Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।​ प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा भुसाल र एमालेका विद्या भट्टराईबीच भएको प्रतिस्पर्धामा भुसाल निर्वाचित भएकी हुन् ।

मत विभाजनका आधारमा भएको भएको निर्वाचनमा भुसालको पक्षमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका सांसदले दस्तखत गरेका थिए । भट्टराईको पक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेमकिपाले कसैलाई पनि मत दिएन ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पा भुसाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545