Techie IT
बुधबार, वैशाख १०,२०८२

एमालेले वागमतीमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान चलाउने


काठमाडौँ । नेकपा (एमाले) वागमती प्रदेश संगठन कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने भएको छ ।

शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

संगठनले साउनदेखि सुरु गरेर भदौ १५ गतेसम्म अभियान चलाउने छ । अभियानको शुरुवात साउन ४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा वृहत् प्रशिक्षण कार्यक्रमबाट हुने एमाले वागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले बताए ।

पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान वडा तहसम्म सञ्चालन गरिनेछ । साउन ७ देखि २० गतेसम्म जिल्लास्तरमा र त्यसपछि पालिका र वडातहमा अभियान केन्द्रित गर्ने तालिका प्रदेश कमिटी बैठकले बनाएको छ ।

मुलतः कार्यकर्ता केन्द्रित यो अभियानको उद्देश्य संगठनात्मकरूपमा अराजकता र अवसरवादबाट मुक्त गर्ने तथा पूर्ण गतिशील, वैचारिकरूपमा स्पष्ट, कार्यनीतिक मुद्दामा धारिलो र लक्ष्यप्रति संकल्पबद्ध पार्टीपङ्ती तयार पार्ने रहेको छ । प्रदेश कमिटीले सबै जिल्लाका लागि प्रशिक्षक पनि तोक्ने भएको छ ।

बाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्यहरू अरुण नेपाल, आनन्दप्रसाद पोखरेल र पार्वत गुरूङको उपस्थिति थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले वागमती प्रदेश संगठन कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545