Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्री देउवाद्धारा गभर्नरलाई राजीनामा दिन दवाव


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन दवाव दिएका छन् ।

यसअघि पनि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको दवावले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले अधिकारीलाई निलम्बन गरेको थियो ।

तर सर्वोच्च अदालतले अधिकारीलाई पुनर्वहाली गरेपछि उनी काममा फर्किएका थिए ।

अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार सत्ता पक्षका दलका नेताहरुले बाहिर ल्याएपछि आलोचना भएको भन्दै अधिकारीलाई देउवाले छलफलका लागि बोलाएका हुन् ।

अधिकारीलाइृ देउवाले मार्ग प्रशस्त गर्न आग्रह गरेको बताइएको छ । यद्यपि अधिकारीले एमालेको विभागमा भएको नाम आफ्नो नभएको र कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको स्पष्ट पारिसकेका छन् । उता एमालेले पनि गभर्नर नभएर अरु कसैको नाम भएको जनाइसकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #महाप्रसाद अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545