“गभर्नर एमाले” भन्ने भ्रम प्रवाह गरी अदालतलाई प्रभावित गरिँदैछः उपमहासचिव रिमाल

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले “गभर्नर एमाले” भन्ने डिस्इन्फरनेशन प्रवाह गरी अदालतलाई प्रभावित गर्ने रणनीतिमा लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले गठबन्धन झुट पर्सेप्सन सिर्जना गर्न माहिर रहेको बताए । अर्थतन्त्रमाथिको अपराधिक हर्कतमा गभर्नरले सहयोग नगरेको झोंक रहेको वुधबारको संसद बैठकमा प्रस्तुत कांग्रेस तथा माओवादीका नेताहरुको प्रस्तुतिबाट स्पष्ट भएको उनको भनाइ छ ।
एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालको स्टाटस सेयर गर्दै सम्बन्धित पक्षले गभर्नर नभएको स्पष्टोक्ति दिइसक्दा पनि याँ-उँ किन भनी रिमालले प्रश्न समेत गरेका छन् ।
अर्थ विभागको सदस्यमा एम. अधिकारी समावेश भएपछि मंगलबार सत्तारुढ दलबाट गभर्नर भएको भ्रम फैल्याइएको थियो । यसमा गभर्नर आफैँले त्यो व्यक्ति आफू नरहेको हिजै प्रष्ट पारेका थिए । त्यस्तै, विभागका प्रमुख भुसालले पनि विभागका सदस्य अधिकारी गभर्नर नभएको स्पष्ट पारिसकेका छन् ।
यस्तो छ रिमालको टिप्पणीः
गठबन्धन झुठो पर्सेप्सन क्रियट गर्न माहिर छ। बहिर्गमित अर्थमन्त्रीको नेतृत्वमा भएको अर्थतन्त्रमाथिको आपराधिक हर्कतमा गभर्नर “सहयोगी” नबनेको झोंक रहेछ भन्ने त आजको संसदमा नेका–माके हरूको प्रस्तुतिबाट प्रष्ट हुन्छ । त्यसमाथि “गभर्नर एमाले” भन्ने डिस्इन्फरनेशन प्रबाह गरी अदालतलाई प्रभावित गर्ने रणनीति स्पष्ट बुझिन्छ ।
अन्यथा संम्बन्धित व्यक्ति म त्यो हैन भन्दै हुनुहुन्छ, सिफारिस गर्ने र निर्णय गर्ने आधिकारिक व्यक्तिहरू त्यो उहाँ हैन भनिरहनु भएको छ भने यो या‘–उँ किन?
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विष्णु रिमाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्