Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको तर्फबाट विद्या भट्टराईद्धारा उपसभामुखमा उमेदवारी दर्ता


काठमाडौं । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुखको उमेदवारी दर्ता गर्नुभएको छ । उहाँले बिहीबार संसद् सचिवालय पुगेर उमेदवारी दर्ता गरेको बताउनुभएको छ ।

उहाँको प्रस्तावकमा प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ । सत्ता, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले पुष्पा भुसाललाई अगाडि सारेको छ ।

भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #विद्या भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545