Techie IT
आईतबार, वैशाख ७,२०८२

उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी सांसद पुष्पा भुसालको उमेदवारी दर्ता


काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख मनोनयन दर्ता गराउनुभएको छ । संसद भवनको ल्होत्से हलमा पुगेर पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सांसद भुसाललाई उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

भुसालको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहनुभएको छ । साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी मनोनयन गर्न पाइने संसद सचिवालयले जनाएको छ।

आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपसभामुख मनोनयन दर्ता, #पुष्पा भुसाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545