Techie IT
आईतबार, वैशाख ७,२०८२

शुक्रबार प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको ह्वीप


काठमाडौँ । नेकपा (एमाले)ले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

शुक्रबार उपसभामुख पदमा निर्वाचन हुँदैछ । जसका लागि एमालेले आफ्ना सांसदहरुलाई अनिवार्य सहभागीता जनाउन एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आग्रह गरिएको बताए ।

उनले उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #सुवासचन्द्र नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545