पाँच दलीय गठबन्धन सरकार एक वर्षमा पूर्ण असफल: गोकर्ण विष्ट

काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पाँच दलीय गठबन्धन सरकार एक वर्षमा पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद समेत रहेका एमाले सचिव बिष्टले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार मुलुकका लागि बोझ मात्रै बनेको एक वर्षे कार्यकालले प्रष्ट देखाएको बताए । सामाजिक सञ्जालमार्फत विष्टले यस्तो बताएका हुन् ।
विष्टले यो सरकार बनेपछि राष्ट्रिय स्वाधिनता र आत्मसम्मान थप कमजोर बनेको उल्लेख गरेका छन् ।
‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बिते,’ बिष्टले लेखेका छन् ।
उनी थप्छन्, ‘राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो । न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक । यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन, गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गोकर्ण विष्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्