Techie IT
बुधबार, वैशाख १०,२०८२

चीनको बीआरआई सरकारद्वारा अस्वीकार


काठमाडौँ । सरकारले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अस्वीकार गर्ने भएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनष्टि पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बीआरआईबारे जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले अनुदान भए लिने ऋण नलिने जवाफ दिएको बताइएको छ ।

नेपालले सन् २०१७ मा गरेको बीआरआई सम्झौता कार्यान्वयन भएको छैन ।

देउवाले सहुलियत ऋण वा अनुदान मात्र स्वीकार्ने जवाफ दिएको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #बेल्ट एण्ड रोड इनिसिएटिभ, #सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:29 am6:34 pm +0545