धेरै क्षति नगरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छः केपी ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजगढमा विकासका मामिलामा अदालतले हस्तक्षेप गर्न नहुने बताएका छन् ।
उनले सोमबार सम्पादकहरुसँगको छलफलमा निजगढामै विमानस्थल बनाउन सकिने बताएका हुन् ।
वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया वस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने उनको भनाइ छ ।
‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिणपट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन’ उनले भने ।
सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढंगले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए । ‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । त्यस्तो क्रियाकलाप पनि गर्नुहुदैन’ ओलीले भने ।
ओलीले चाहिएजति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने बताए । ‘चाहिएजति जमिन लिने, त्यसमा धेरै क्षति पनि हुँदैन, त्यसलाई निर्माण गर्न सकिन्छ’ उनले भने ।
‘सम्मानित अदालतले पर्याप्त अध्ययन गरेर विशेषज्ञको अध्ययनको आधारमा फैसला गर्ने गर्नुपर्छ’ उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले पर्याप्त अध्ययनविना एउटा फैसला सुनाउने । सुनाएको फैसलाको पूर्णपाठ चाहिँ जारी गर्न नसक्ने पूर्णपाठ जारी गर्दा के हो के हो जस्तो जारी गर्ने, त्यस्तो खालको हुनुहुँदैन ।
क्याटेगोरी : राजनीति
ट्याग : #‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्