काँग्रेसको भ्रातृ संस्था दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरेको छ ।
सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटगरी लामो समयदेखि दलित सङ्घको महाधिवेशन हुन नसकेको जनाउँदै एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरेको हो ।
सङ्घका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले विसं २०६९ मा सम्पन्न चौथो महाधिवेशनपछि १० वर्षसम्म दलित सङ्घको महाधिवेशन हुन नसकेको भन्दै यथाशीघ्र महाधिवेशन गराउने वातावरण निर्माण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो ।
यस्तै, दलित सङ्घका नेताले जातीय विभेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका छन् । उहाँहरूले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन माग गर्नुभएको छ ।
यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तीमा जनसङ्ख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।
विसं २०५४ मा स्थापना भएको नेपाल दलित सङ्घको दोस्रो महाधिवेशन विसं २०५९, तेस्रो महाधिवेशन विसं २०६६ र चौथो महाधिवेशन विसं २०६९ मा सम्पन्न भएपछि हालसम्म महाधिवेशन हुन सकेको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्