Techie IT
बुधबार, वैशाख १०,२०८२

राप्रपा महिला संघ​को बैठकमा कुटपिट


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको आइतबार बसेको बैठकमा कुटाकुट भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि राप्रपा महिला संघको अध्यक्षमा अन्जना रावल शाहलाई नियुक्त गरेका थिए ।

पार्टी बाहिरको मान्छे शाहलाई अध्यक्ष नियुक्त गरेको भन्दै कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।

आजको पहिलो बैठकमा उनीहरुले विरोध गरेका हुन् ।

विवादपछि दुई पक्षबीच भनाभन हुँदै हानाहानसम्म पुगेको हो । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङसहित केही घाइते भएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:29 am6:34 pm +0545