Techie IT
शनिबार, वैशाख ६,२०८२

बुढिगंगा एमालेको सानदार जीत: ७ वडाध्यक्षसहित प्रमुख उपप्रमुखमा निर्वाचित


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ ।

आइतबार सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् ।

नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मतसहित विजयी हुँदा कांग्रेसका रङ्गबहादुर खातीलले ३ हजार ७७४ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का ४ हजार ७२७ मतसहित निर्वाचित हुँदा कांग्रेसकी रिता शाही ३ हजार ७५५ मत ल्याएका छन् ।

मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बुढीगंगा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545