Techie IT
शनिबार, वैशाख ६,२०८२

बुढीगंगाको प्रमुख र उपप्रमुखमा एमालेको उम्मेदवार निर्वाचित


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए ।
खातीलाई एक हजार तीन मतले पछि  पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।  यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमाले उम्मेदवार निर्वाचित, #बुढीगंगा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545