Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु: शेखर समुहको बैठक अर्कोतिर


काठमाडौ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काका संयोजनमा बैठक बसिरहेको छ । उहाँका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ ।एक नेताका अनुसार एक नेताका अनुसार सभापति शेरबहादुर देउवा बैठकमा आउनुभएको छैन ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ। बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् । तर शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।
कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी छैनन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545