मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना व्यक्त

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गर्नुभएको छ । बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक सद्भावका माध्यमबाट समाजमा दिगो शान्ति कायम राख्ने बताउनुभएको हो ।
मुख्यमन्त्री शाहीले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “विविधतायुक्त हाम्रो आर्कषण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले नेपाली समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्ने अभिप्रेरित गर्दछ ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेशका मुख्यमन्त्री, #जीवनबहादुर शाही
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्