बुढीगंगा नगरपालिकामा मेयर र उपमेयर दुवैमा एमालेको अग्रता

बिहीबार पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।
पाँच हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले तीन हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगरपालिकाको पाँच वटा वडाको मतगणना सकिँदा चारवटा वडामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १, २, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४१६ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५८ मत पाएका छन् ।
त्यस्तै वडा नम्बर २ मा एमालेका पदमबहादुर भण्डारी ८३८ मत ल्याएर निर्वाचित हुदा कांग्रेसका नरबहादुर थापाले २३५ मत पाए ।
वडा नम्बर ९ मा एमालेका मीनबहादुर सिंह ४८२ मत ल्याएर निर्वाचित भ एभने नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २९३ मतसहित दोस्रो स्थानमा रहे ।
वडा नम्बर १० मा एमालेका दलबहादुर सावद ५४८ मत ल्याएर निर्वाचित भ एभने कांग्रेसका मोहनबहादुर बुढा ४९१ मतसहित दोस्रो स्थानमा रहे ।
वडा नम्बर ८ मा भने कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर निर्वाचित भएका छन् भने एमालेका विराज रावलले ३०१ मत पाएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #hot, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्