माओवादीले निर्वाचनलाई केन्द्रित साङ्गठनिक अभियान सञ्चालन गर्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ । त्यसका लागि आवश्यक पूर्व तयारीको कामसमेत निर्वाचन आयोग र सरकारले समेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिक रुपमा तयारी सुरु गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिक रुपमा सबै खालको तयारी गर्ने निर्णय आजको बैठकले गरेको छ ।
यस्तै आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्ने गरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।
अन्तर्घातको छानविन गर्न समिति
स्थायी समितिको बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानबिनका लागि एक समिति गठन गरेको छ । अनुशासन आयोगका संयोजक टङ्क राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको छानविन समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।
सो समितिले ७५३ वटै स्थानीय तहको निर्वाचनका क्रममा भएका गतिविधिका बारेमा एकमुष्ट रुपमा छानविन गर्नेछ । समितिले दिने प्रतिवेदनका आधारमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने माओवादी केन्द्रको तयारी छ ।
अखिल(क्रान्तिकारी)को समस्या समाधानका लागि समिति
त्यस्तै, स्थायी समितिको बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल(क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि एक समिति गठन गरेको छ ।
क्रान्तिकारीका पूर्वध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठन भएको समितिमा पूर्वध्यक्षहरुलाई सम्मिलित गराइएको छ । समितिमा नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।
स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी १५ दिनभित्र टुङ्गो लगाउने गरी तयारी गरिएको बताइएको छ । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #माओवादी केन्द्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्