Techie IT
शनिबार, वैशाख ६,२०८२

सक्रियतापूर्वक पार्टीको काममा लाग्न एमाले केपी ओलीको निर्देशन


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा शुत्रबार आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गराउँदै योजनाबद्ध रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पार्नुभएको थियो । एमालेमा हाल ३३ विभाग छन् ।
रासस


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545