Techie IT
शनिबार, वैशाख ६,२०८२

तरुण दलको कमिटी विस्तारको तयारी, शीर्ष नेतासँगको भेटघाट तीव्र


नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका शीर्ष नेतासँगको भेटघाटलाई तीव्र पारेका छन् । तरुण दलको कमिटी विस्तारको तयारीका लागि गुरुङले शीर्ष नेतासँगको भेटघाट तीव्र पारेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले गत फागुन ९ मा गुरुङलाई अध्यक्षमा मनोनित गरे पनि तरुण दलको कमिटीले पूर्णता पाएको छैन । असारभित्र तरुण दललाई पूर्णता दिने तयारी छ । ९९ सदस्यीय कमिटीमा अहिले अध्यक्ष मात्र छन् । बाँकी पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनित गर्न लागिएको छ ।

यसैका लागि अध्यक्ष गुरुङले पार्टीका शीर्ष नेतासँग भेटघाट गरिरहेको बुझिएको छ । मंगलबार गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए । गुरुङका अनुसार पौडेलले संगठन चुस्त दुरुस्तका साथ अगाडि बढाउन आफ्नो सधैँभरी साथ रहने बताएको थिए ।

गुरुले विहीबार पार्टीका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेका छन् । गुरुङले सिंहको निवास चाक्सीबारी पुगेर उनलाई भेटेका थिए । यस्तै कोइरालाई भेटन उनको सम्पर्क कार्यालय विशालबजारमा गुरुङ पुगेका थिए ।

भेटमा नेताद्वयले तरुण दल सङ्गठनको विस्तारको विषयमा चासो राखेका थिए । द्वय नेताले तरुण अध्यक्ष गुरुङलाई संगठनको हरेक कार्यमा आफ्नो साथ, सुझाव र पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सबै जनासँग सर सल्लाह गरि अगाडि बढ्न नेता द्वयले राय व्यक्त गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रकाशमान सिंह, #रामचन्द्र पौडेल, #विद्वान गुरुङ, #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545