Techie IT
बिहीबार, माघ ३,२०८१

अर्थमन्त्री शर्माले दिए राजीनामा


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा आफ्ना भनाई राख्ने क्रममा संसद्ले छानबिन समिति बनाएको र त्यसमा आफूले पूर्ण सहयोग गर्ने र पदमा नबस्ने भन्दै राजीनामा घोषणा गर्नु भएको हो ।

प्रतिनिधि सभा बैठक शुरु भएपछि सभामुखले अर्थ मन्त्रालयमाथि उठेको टिप्पणीका विषयमा छानबिन गर्न समिति बनाएको जानकारी सदनलाई गराउनुभएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #जनार्दन शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545