अध्यक्ष ओलीले एमाले जनसंगठनलाई दिए यी तीन सुझाव

काठमाडौँ, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनसंगठनका अध्यक्षहरुसँग छलफल गरेका छन् ।
अध्यक्ष ओलीले जनसंगठनका अध्यक्षहरुसँग स्थानीय तह निर्वाचनको समिक्षादेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल गरेका हुन् ।
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको बैठकमा अध्यक्ष ओलीले सुझाव ग्रहण गर्दै आफ्नो धारणा राखेका थिए ।
अध्यक्ष ओलीले जनसंगठनहरु आफ्नो कामको प्रकृति र कार्यक्षेत्रअनुसार सवैमा पुग्नैपर्ने बताए ।
‘यो गठबन्धन नै राष्ट्रिय लुटेरा हो । जनार्दन शर्मा भन्दा कुनै फरक छैनन गठबन्धनमा सहभागी हुनेहरु, गठबन्धन तोडने नाउमा बजेटमारा, देशको लुटेराहरुलाई आदर्श बनाएर हामी समाजवादको गन्तब्यमा पुग्छौं भन्ने कल्पना गर्ने ? यो संभव छैन, अध्यक्ष ओलीले भने, बिचौलिया राखेर बजेट बनाएर देशको ढुकुटी लुटनेहरुलाई अथवा त्यस्ता कुराको भर परेर हामी जित्छौं भन्ने भ्रममा पर्नू छैन ।’
संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकमा अध्यक्ष ओलीले जनसंगठनले तीन वटा काम गर्नैपर्ने निर्देशन दिएका छन् ।
जसअनुसार पहिलो कुरा सरकार बनाउने, प्रधानमन्त्री हुने हतारो हो कि हामीलाई समृद्ध नेपाल, सुखी नेपालीको गन्तब्यमा पुग्ने भन्ने बिषयमा प्रष्ट हुनुपर्छ । के हो हाम्रो गन्तब्य ? हामी गन्तब्यमा पुग्ने हो । दौडमा सामेल हुने हो भने बैशाखी फ्याक्नुस, कुदनोस । अन्यथा केही गर्न सक्नुहुन्न, सशक्त पार्टी, ससक्त अभियान र महान बिजय, अध्यक्ष ओलीको भनाई उधृत गर्दै संयोजक ढकालले भने ।
यस्ता छन् जनसंगठनलाई ओलीका सुझावः
१. तपाईंहरु आफ्नो कार्यक्षेत्रमा ब्यापकताका साथ जानोस, कोही पनि नछुटोस् । हरेक मान्छेलाई । भन्न बाँकी कसैलाई राख्न हुँदैन । हरेक ब्यक्तिसँग पुग्नोस् ।
२. कामको निगरानी गर्नाेस । आधुनिक प्रबिधि र उपलब्धीलाई प्रयोग गरेर अगाडि बढनोस ।पहिलो किडनी ट्रान्सप्लान्ट गर्दा जे औषधी खान्थें, अहिले त्यो औषधी खान्न । अहिले पछिल्लो ट्रासपान्ट गर्दा अर्कै औषधी खान्छु । रोगलाई सवभन्दा बढी प्रहार जुन औषधीले गर्छ, त्यही प्रयोग गर्ने हो ।
३. सामाजिक अन्धकारलाई जे गर्दा उज्यालो दिन सकिन्छ, त्यही बिधि प्रयोग गर्नुपर्छ । जनताको समस्या समाधानका लागि जुनसकुनै बेला संघर्षका लागि तयार रहनोस ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्